भदौ ११ गतेलाई तोकियो राज्य व्यवस्था समिति सभापतिको निर्वाचन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi shava.jpg

काठमाडौं । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन आगामी भदौ ११ गतेलाई तोकिएको छ । सोमवार सभामुख देवराज घिमिरेले भदौ ११ गतेका लागि निर्वाचन तालिका तोकेका हुन् ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडको गडबडीमा नैतिक प्रश्न खडा भएपछि यसअघिका सभापति रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएका थिए । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था अनुसार भदौ ११ गतेलाई निर्वाचन तोकिएको हो ।

निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतवार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए ।


Facebook Comments