मेयर हर्क साम्पाङ काठमाडौंमा, ‘जिन्दावाद’को नाराले गुन्जियो विमानस्थल


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आइपुगेका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न समर्थकहरूको बाक्लो भीड लागेको थियो ।
समर्थकहरूले विमानस्थलको गेटबाटै र्यालीसहित उनको स्वागत गरेका थिए । साम्पाङको सचिवालयका अनुसार उनी आफ्ना समर्थकलाई भेट्नका लागि काठमाडौं आएका हुन् ।
मेयर साम्पाङले आफूलाई स्वागत गर्ने सबैलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा ’हर्क साम्पाङ जिन्दावाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ। सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ। सबैलाई धन्यवाद!’
विगतमा पनि उनी धरानका लागि पानीको माग गर्दै गाग्रो बोकेर र अन्य विभिन्न विषयमा एक्लै प्रदर्शन गर्न काठमाडौं आउने गर्थे । उनका गतिविधिमा काठमाडौंमा समर्थकहरूको उल्लेख्य सहभागिता देखिँदै आएको छ ।
Facebook Comments