छक्कापञ्जा युएसए टुर–२०२५ मा दिपक–दिपा र जीतु नेपाल पनि सहभागी हुने

User Image मेयरसाप डेस्क | २०८२ भदौ २३ गते १७:०२
Image of https://mayorsap.com/storage/photos/10/68be6cbc6b451.jpg

काठमाडौं। आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतीमा ‘छक्का पन्जा– युएसए कमेडी टुर २०२५’ को आयोजना हुने भएको छ। 

आइतवार काठमाडौंमा आयोजित एक प्रेस भेटघाट कार्यक्रमको बीचमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरियो।

नेपालबाट यो कार्यक्रमको समायोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन्। अमेरिकामा भने सुदिप आत्रेय र सुमन अधिकारिले गरिरहेका छन्। 

 सेप्टेम्बर १९ बाट बाल्टिमोरबाट सुरुवात हुने कार्यक्रम विभिन्न १५ स्थानमा हुनेछ। सेप्टेम्बर २० मा कोलाबस, २१ मा एक्रोन, २७ मा टेक्सास (डालस) मा कार्यक्रम आयोजना हुँदैछ। 

हरेक वर्ष हुने डालस मोमो फेस्टिभलमा यो वर्ष करिव १५ हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ।  केहि कार्यक्रमका मितिहरु सार्वजनिक गरिएको छैन। 

यो कमेडी टुरमा छक्का पन्जा टिमको तर्फबाट दिपकराज गिरि, दिपाश्री निरौला र जितू नेपाल सहभागी हुनेछन्।  त्यस्तै कलाकार तथा होस्ट आसिफ शाह, गायिका मिना पोख्रेल र धर्मेन्द्र सेवान पनि यो टुरमा सहभागी हुदैछन्।  

केही समय अगाडि मात्र आत्रेय प्रोडक्सन हाउसले प्रकाश सपुतसहितको विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो।

नेपाली चलचित्रको अमेरिका वितरण तथा म्युजिक भिडीयो निर्माणमा पनि सक्रिय रहेको कम्पनीले यो पटकको यात्रालाई झन् विशेष बनाउने तयारी गरिरहेको छ।  

 


Facebook Comments