संसद भवनको दुई नम्बर गेटमा जेनजीले लगाए आगो

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68be8053806af.PNG

काठमाडौं । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारकोविरुद्धमा प्रदर्शन गरिरहेका जेनजीले संसद भवनको दुई नम्बर गेटमा आगो लगाएका छन् ।

जेनजीको आन्दोलनले उग्र रुप लिएको छ । जेनजी युवाहरु बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेर तोडफोड र आगजनी गरेका हुन् । संसद भवनको पर्खाल र गेट नाघेर उनीहरु भित्र छिरेका हुन् ।

प्रहरीले प्रदर्शनकारीलाई रोक्न बल प्रयोग गरेको छ । प्रदर्शनकारीमाथि लाठी प्रहार गर्नुका साथै अश्रुग्याँस समेत हानेको हो ।

जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश समेत जारी गरिसकेको छ ।


Facebook Comments