प्रहरीको गोली लागेर पत्रकारहरु घाइते

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68be8ab6ba8bf.PNG

काठमाडौं । जेनजीको प्रदर्शनको क्रममा नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर पत्रकारहरु घाइते भएका छन् ।  प्रदर्शनको दृष्य संकलनका लागि गएका कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठको पाखुरामा रबरको गोली लागेको छ ।

प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेपछि अस्पताल लगिएको छ । रबरको गोली लागेर केही आन्दोलनकारीहरू समेत घाइते भएका छन् ।


Facebook Comments