कर्फ्यु कार्यान्वयन गर्न बानेश्वर क्षेत्रमा सेना परिचालन

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68be8ea969f8e.jpg

काठमाडौं । जेन जीका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेर आगो नै लगाएपछि कर्फ्यू लगाएकाे प्रशासनले सडकमा सेना समेत उतारेकाे छ ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि प्रहरीलेसमेत अश्रु ग्यास र रबरका गाेली प्रहार गरेकाे थियो । प्रशासनले पानीकाे फाेहाेरा हान्दा समेत प्रदर्शनकारीहरू पछि नहटेपछि प्रशासनले सुरक्षाका लागि कर्फ्यु जारी गरी कार्यान्वयनमा सेना समेत सडकमा उतारेकाे हाे । 

जेनजीहरुको प्रदर्शनमा संसद भवनभित्र समेत प्रदर्शनकारी छिरेका थिए । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरी तथा आफन्तहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् ।

 


Facebook Comments