कास्कीमा पनि प्रहरीले चलायो गोली, एक जना घाइते

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bea2ce860e9.jpg

कास्की। जेनजी प्रदर्शनका क्रममा कास्कीमा पनि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ । 

प्रहरीले गोली चलाएर काठमाडौं जेनजीहरूको मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध नारा लगाइरहेका छन् ।
प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणको प्रयास गरेपनि आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक क्षेत्रको चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेपनि प्रदर्शन रोकिएको छैन ।

 


Facebook Comments