जेनजी प्रदर्शनका क्रममा घाइते भएकाको उपचारमा काठमाडौं महानगरले सघाउने


काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाको उपचारमा काठमाडौं महानगरपालिकाले सघाउने भएको छ । प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्ज र गोली प्रहारबाट घाइते भएका प्रदर्शनकारीहरुको उपचारमा महानगरले सघाउने भएको हो ।
मेयर बालेन साहको निर्देशनमा महानगरले नगर प्रहरी खटाएको छ । नगर प्रहरी अहिले घाइतेको उपचार भइरहेको अस्पतालहरुमा पुगेर आवश्यक सहयोग गरिरहेको बताइएको छ ।
घाइतेहरूलाई सिभिल र ट्रमामा उपचारका लागि ठाउँ नपुगेको अवस्थामा अन्य अस्पतालमा लैजान खटिने नगर प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागेर हालसम्म दर्जनबाढीको मृत्यु भइसकेको छ भने सयौंको संख्यामा घाइते भएका छन् ।
Facebook Comments