एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा जेनजीले गरे तोडफोड

काठमाडौं। जेनजी आन्दोलनका क्रममा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा तोडफोड भएको छ । आन्दोलनका क्रममा आलोकनगरमा रहेको पार्टी कार्यालयमा तोडफोड भएको हो ।
प्रदर्शनकारीहरुले ढुंगामुढा गरेर कार्यालय सिसाहरू फुटेका छन् । त्यस्तै गेट समेत तोडफोड गरिएको छ । आन्दोलनकारीले आगो समेत लगाउने प्रयास गरेका थिए । तोडफोडपछि प्रहरीले सुरक्षा दिएको बताइएको छ ।
Facebook Comments