ठूलो मानवीय क्षति भयो, नैतिकताका आधारमा पदमा बस्दिनँ: गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने भएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले आफू पदमा नबस्ने जानकारी गराएका छन् । आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा पदमा नबस्ने बताएको एक पदाधिकारीले जानकारी दिए ।
जेनजीको प्रदर्शनमा अत्यधिक प्रहरी दमन भएको भन्दै गृहमन्त्री लेखकले आलोचना खेपिरहेका छन् । जेनजीले काठमाडौंसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ। काठमाडौं उपत्यकामा १८ र इटहरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ। अढाई सयभन्दा बढी घाइते भएका छन्।
Facebook Comments