आजबाट वर्तमान सरकारको औचित्य समाप्त भयोः शेखर कोइराला

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/shekhar-koiraladfjkfhff.jpg

काठमाडौं ।   नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जेनजी समूहको माग समय सापेक्ष र जायज भएको बताएका छन् ।  सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला ? भनि प्रश्न गरेका छन् ।  उनले आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् ।

उनले लेखेका लेखेका छन्, ‘आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । उनले जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ । त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । ।’

कोइरालाको स्टयाटस्

प्रिय जेनजी साथीहरु,
आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा बिध्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ ।

त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ । श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन ।

यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु । तपाईंहरुका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र रु देशवाट भ्रष्टाचार निर्मुल हुनैपर्छ ।

आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।
तपाईंको अभिभावक, 
डा शेखर कोईराला। 


Facebook Comments