पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती चित्रकारको मृ*त्यु

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c0274b3b123.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल श्रीमती रविलक्ष्मी चित्रकारको जलेर मृत्यु भएको छ ।

प्रदर्शनकारीले डल्लुस्थित घरमा आगो लगाउँदा गम्भीर घाइते भएकी चित्रकारको उपचारका क्रममा कीर्तिपुरस्थित जलन अस्पतालमा निधन भएको पार्टी नेतृ दिलु पन्तले जानकारी दिइन् । 

घटनापछि गम्भीर घाइते भएकी चित्रकारलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार सुरु गरिएको र थप उपचारका लागि कीर्तिपुर लगिएको थियो ।  रासस


Facebook Comments