कपिलवस्तु कारागारबाट ४ सय बढी कैदी फरार

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c10fcc7cee1.jpg

बुटवल । देशभर चलेको ‘जेनजी’ आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारका बन्दीहरूले कारागार तोडफोड गरी भागेका छन् । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले पुष्टि गरेअनुसार चार सयभन्दा बढी कैदी फरार भएका छन् ।

कारागारमा रहेका ४७० मध्ये ३५ जना मात्र कारागारमै छन् । दुई ब्लकबाट भागेकामध्ये २० जनालाई पक्राउ गरिएको जनाइएको छ ।

फरार भएका कैदीबन्दीहरूले नजिकै रहेको कपिलवस्तु अदालतमा तोडफोड र आगजनीसमेत गरेका छन् । आगजनीबाट अदालतका कागजातहरू जलेका छन् भने भवन र उपकरणहरूमा पनि क्षति पुगेको छ । 

फरार कैदीबन्दीहरूलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ ।


Facebook Comments