नेपालको हिंसा र मानवीय क्षतिप्रति राष्ट्र संघद्वारा दुःख व्यक्त

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c11243df416.jpg

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको पछिल्लो परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

गुटेरसले हिंसालाई थप बढ्नबाट रोक्न सबै पक्षलाई संयमता अपनाउन र संवादको बाटो अपनाउन अनुरोध गरेका छन् ।

उनले मानव अधिकार कानूनको पालना गर्न आह्वान गर्दै जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले मात्र विरोध प्रदर्शन गर्न सकिने बताएका छन् ।


Facebook Comments