आक्रमणमा परेका देउवाको स्वास्थ्य अवस्था खतरामुक्त

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bff9300c2ff.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

मंगलबार ’जेनजी’ प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरी आक्रमण गरेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । सामाजिक सञ्जालमा देखिएको भिडियोमा देउवाको शरीर रगताम्मे देखिएको थियो ।

सैनिक अधिकारीहरूका अनुसार, सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको थियो। त्यसपछि उनलाई उपचारका लागि सुरक्षित स्थानमा राखिएको छ ।

सरकारका एक उच्च अधिकारीले देउवा सुरक्षित स्थानमा रहेको र उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको पुष्टि गरेका छन् । उनकी पत्नी आरजु राणा देउवा पनि सुरक्षित छिन् ।


Facebook Comments