आगजनी र लुटपाटमा संलग्न २७ जना पक्राउ

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c1225bceba4.jpg

काठमाडौं । पछिल्लो विषम परिस्थितिको फाइदा उठाएर विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ ।

मंगलबार राति १० बजेदेखि आज बिहान १० बजेसम्मको अवधिमा विभिन्न स्थानमा लुटपाट र आगजनीमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार, काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ ।

यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट २३ नाल र पोखराबाट ८ नाल गरी कुल ३१ थान विभिन्न किसिमका हतियार तथा म्यागजिन र गोलीगठ्ठा पनि बरामद गरिएको छ ।

सार्वजनिक तथा निजी सम्पत्तिमा लागेको आगो तीनवटा बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।


Facebook Comments