ताप्लेजुङमा पहिरो : दुई घर पुरिँदा दुई जना बेपत्ता

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c12357c4951.jpeg

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–६, च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुईवटा घर पुरिएका छन् भने दुई जना बेपत्ता भएका छन् ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार, लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती पहिरोमा बेपत्ता भएका छन् । निरन्तरको वर्षाले पहिरो गएको हो ।

घटनास्थलबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छ भने अर्का एक जना सामान्य घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


Facebook Comments