प्रधानमन्त्री कार्की घाइते ‘जेनजी’ युवाहरूलाई भेट्न अस्पतालमा


काठमाडौं । ‘जेनजी’ समूहको आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की अस्पताल जाँदै छिन् ।
गएराति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन् ।
अस्पताल भ्रमणपछि उनले आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्नेछिन् । कोटेश्वरको चौकीमा प्रदर्शनकारीको आगजनीबाट केही प्रहरीको मृत्यु भएको थियो ।
‘जेनजी’ आन्दोलनमा हालसम्म ५१ जनाको ज्यान गइसकेको छ भने सयौँ घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Facebook Comments