वीरगञ्ज महानगर : अर्बौंको क्षति, सामान फिर्ता ल्याइँदै


पर्सा । ’जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट वीरगञ्ज महानगरपालिकालाई ठूलो धनजनको क्षति भएको छ । महानगर परिसरभित्र रहेका आधा दर्जनभन्दा बढी भवन र डेढ दर्जन सवारीसाधनमा आगजनी गरिएका छन् ।
महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनीलकुमार कर्णका अनुसार, वीरगञ्ज महानगरका छ वटा भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने महत्त्वपूर्ण कागजात, कम्प्युटर, फर्निचर लगायतका सामग्री पनि जलेका वा चोरी भएका छन् ।
कर्णले प्रदर्शनकारीले १३ वटा गाडी र सात वटा मोटरसाइकल जलाएर नष्ट पारेको जानकारी दिएका छन् । यसबाट करिब आठ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ । समग्रमा महानगरका ९५ प्रतिशत संरचनामा क्षति पुगेको उनले बताएका छन् ।
क्षतिग्रस्त संरचनाबाट लुटिएका सामान फिर्ता ल्याउन वीरगञ्ज महानगरले अभियान सुरु गरेको छ । नगर प्रहरीले टेबल, कुर्सी, फर्निचर, हार्डडिस्क र अन्य उपकरणहरू बरामद गरिरहेको छ ।
Facebook Comments