यो संसदबाटै सुशीला कार्की प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो : योगेश भट्टराई

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c52772ab8a8.jpg

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘जेनजी’ आन्दोलनपछि संसद विघटन गरिनुलाई सही निकास नभएको बताएका छन् । उनले वर्तमान संसदबाटै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सक्ने विकल्प हुँदाहुँदै त्यो नगरिएकोमा दुःख व्यक्त गरेका छन् ।

शनिबार फेसबुक लाइभमा भट्टराईले भदौ २३ र २४ गतेको आन्दोलनमा भएको अकल्पनीय क्षतिप्रति खेद व्यक्त गर्दै त्यसको पूर्वमूल्यांकन र सुरक्षा दिन नसकेकोमा राज्य असफल भएको बताएका छन् । उनले जेनजीको आन्दोलनलाई कसैले ‘आगोमा रोटी सेक्ने काम’ गरेको आरोप पनि लगाएका छन् ।

भट्टराईले दुवै दिन भएका घटनाको निष्पक्ष र उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । “आपराधिक मनोवृत्तिका मानिसहरूमाथि पनि छानबिन होस्,” उनले भनेका छन् ।

उनले ‘जेनजी’ पुस्ताको मागअनुसार सरकार बनाउने कुरामा आफू असहमत नरहेको बताउँदै यसलाई बढीभन्दा बढी संवैधानिक बाटोबाट अगाडि बढाउन आग्रह गरेका छन् ।


Facebook Comments