संसद विघटनले प्रतिगामी शक्तिलाई फाइदा पुग्छ : अध्यक्ष केसी

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c523424a903.jpg

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद बाहिरबाट अन्तरिम सरकार गठन गरिएको र संसद विघटन गरिएको भन्दै कडा विरोध जनाएको छ ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिचेको आरोप लगाएका छन् ।

केसीले ‘जेनजी’ आन्दोलनका अगुवाहरूले संसद विघटनलाई पूर्वशर्त बनाउनु गलत भएको र राष्ट्रपतिले उनीहरूको गलत मागका अगाडि अडान लिन नसकेको बताएका छन् । उनले संसदको विघटनलाई नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भनेका छन् ।

यस कदमले राजावादीलगायतका प्रतिगामी शक्तिहरूलाई फाइदा पुग्न सक्ने उनको विश्लेषण छ । केसीले गणतन्त्रका पक्षधर सबै दललाई यस विषयमा गम्भीर हुन आग्रह गरेका छन् ।


Facebook Comments