आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदै प्रधानमन्त्रीको कार्यकक्ष

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c53e3aa5dc3.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अब गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा सरेको छ ।

आगजनीबाट जोगिएका पुराना टेबल, कुर्सी, कम्प्युटरलगायतका सामानहरू सारेर नेपाली सेना र कर्मचारीहरूले नयाँ प्रधानमन्त्री कार्यालयको तयारी गरेका छन् ।

आन्दोलन भएको पाँच दिनपछि पनि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ । तोडफोड गरिएका अधिकांश मन्त्रालय परिसरमा सवारीसाधनका जलेका अवशेष र कागजपत्रहरू छरपस्ट छन् ।

यसैबीच, बिदाको दिन भए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारीहरू स्वस्फूर्तः रूपमा सरसफाइ र फोहर व्यवस्थापनमा जुटेका छन् ।

मन्त्रालयका सचिव चुडामणि पौडेलको नेतृत्वमा कर्मचारीहरूले जलेका सवारीसाधन हटाउँदै दैनिक काम सञ्चालन गर्ने प्रयास थालेका छन् ।

प्रवक्ता शिवकुमार सापकोटाले बताएअनुसार, आगजनीले पुर्याएको क्षतिको आँकलन गर्न एउटा टोली बनाइएको छ । उनले कर्मचारीहरूले मिलेर काम गर्दा संरचनात्मक क्षति नभएका कार्यालयहरू छिटो पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गरेका छन् ।


Facebook Comments