‘जेनजी’ आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की पुगिन् ट्रमा सेन्टर


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालै भएको ’जेनजी’ आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रिय ट्रमा सेन्टरको भ्रमण गरेकी छन् ।
अस्पतालमा रहेका घाइतेहरूसँग भेटघाट गर्दै उनले उनीहरूको उपचारबारे जानकारी लिइन् र शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।
‘जेनजी’ आन्दोलनमा भएको हिंसा र झडपमा परी सयौँ प्रदर्शनकारी घाइते भएका थिए ।
Facebook Comments