पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता


काठमाडौं । ‘जेनजी’ पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ ।
कांग्रेसका पूर्वसांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् ।
जाहेरीमा ओलीको आदेशमा गोली चलाउँदा एक दर्जनभन्दा बढी युवाहरूको मृत्यु भएको र धेरै घाइते भएको आरोप लगाइएको छ ।
मृत्यु हुनेहरूमा सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ लगायतका नाम उल्लेख गरिएको छ ।
जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाको गहिरो अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जाहेरी सम्बन्धित निकायमा पठाइने जानकारी दिएका छन् ।
Facebook Comments