तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c563dd86df8.gif

दाङ । तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको छ । 

कारागार प्रमुख गीरबहादुर सेजुवालले जेनजी प्रदर्शनका क्रममा भागेका २५३ कैदीमध्ये ७१ जनालाई पुनः पक्राउ गरिएको जानकारी दिए । तीमध्ये केही आफैँ सम्पर्कमा आएका र केहीलाई सुरक्षाकर्मीले पक्राउ गरेको उनले बताए । 

कारागारमा रहेका ४६९ कैदीमध्ये २५३ जना पुरुष कैदी तोडफोड गरेर भागेका थिए । कारागारमा महिला कैदी मात्र बाँकी रहेका थिए । यसैबीच दाङको जनजीवन सामान्य बन्दै गएको छ । 

आज बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालन हुनाका साथै बजारमा मानिसको चहलपहल बढेको छ । स्थानीय प्रशासनले भने जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको छ ।


Facebook Comments