संसद विघटनकाे निर्णय फिर्ता लिन एमालेसहितका ८ दलको माग

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c55ec79ea3f.jpg

काठमाडौं । नेपालका प्रमुख आठ राजनीतिक दलहरूले संसद विघटनको कडा विरोध गर्दै तत्काल यो निर्णय फिर्ता लिन माग गरेका छन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका दलका प्रमुख सचेतकहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै विघटनलाई संविधान, सर्वोच्च अदालतको नजिर र संवैधानिक परम्पराविपरीत भएको ठहर गरेका छन् ।

विज्ञप्तिमा, यो कदमले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पारेको भन्दै संसदको बैठक बोलाउन माग गरिएको छ । आन्दोलनरत समूहको मागलाई पनि संसदबाटै सम्बोधन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

दलहरूले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै जनधनको क्षतिको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरेका छन् ।

विज्ञप्तिमा कांग्रेसका श्यामकुमार घिमिरे, एमालेका हितराज पाण्डे, माओवादी केन्द्रका बिरेन्द्र प्रसाद महतो लगायतका नेताहरूको हस्ताक्षर छ ।


Facebook Comments