सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं : गोकुल बास्कोटा


काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले ‘जेनजी’ आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन् ।
एमाले नेतृत्वको सरकार ढलेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि उनले यस्तो भनाइ सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ ।’
राजनीतिक दलबिना गणतन्त्र र समाज बाँच्न नसक्ने बताउँदै बास्कोटाले समयको मागअनुसार नेतृत्व परिवर्तनका लागि सबै तयार हुनुपर्नेमा जोड दिएका छन् ।
Facebook Comments