शीतल निवासमा मन्त्रीहरूको शपथ, जलेकै भवन अगाडि मञ्च

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी भएको शीतल निवासको भवन अगाडि नै मञ्च तयार गरी नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह आयोजना गरिएको छ ।
आज प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा रहने मन्त्रीहरूले शपथ लिँदै छन् । अहिलेसम्म ओमप्रकाश अर्याल गृह र कानुनमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र रामेश्वर खनाल अर्थमन्त्री बन्ने निश्चित भएको छ ।
भदौ २४ गतेको प्रदर्शनमा शीतल निवासमा आगजनी भएको थियो, तर सोही जलेकै भवनको अगाडि शपथ ग्रहण समारोह आयोजना गरिएको हो । समारोहमा उच्चपदस्थ अधिकारीहरूको बाक्लो उपस्थिति रहेको छ ।
Facebook Comments