अन्ततः मन्त्रिपरिषद् विस्तार, नवनियुक्त तीन मन्त्रीले लिए शपथ

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7b61138dca.jpg

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा तीन जना नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

नियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाल रहेका छन् । अर्याल गृह र कानुनमन्त्रीको जिम्मेवारीमा छन् । चर्चित अधिवक्ता रहेका अर्यालले ’जेनजी’ आन्दोलनमा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

उज्यालो नेपालका अभियन्ता तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी पाएका छन् । उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । पूर्वसचिव खनाललाई भने अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।


Facebook Comments