जेन–जी आन्दोलनपछि काठमाडौंका विद्यालयमा पठनपाठन सुरु

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7ba42c1813.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा जेन–जी आन्दोलनका कारण बन्द भएका विद्यालयहरू पुनः सञ्चालनमा आउन थालेका छन् । आन्दोलनले सिर्जना गरेको तनाव र त्रासपछि केही दिन रोकिएको पठनपाठन सोमबारबाट सुचारु भएको हो ।

आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र संसद भवनलगायत सरकारी भवनमा आगजनी तथा तोडफोड भएपछि सुरक्षा जोखिम बढेको भन्दै उपत्यकाका धेरैजसो विद्यालय बन्द भएका थिए ।

अहिले अवस्था सामान्य बनेसँगै विद्यालयहरूले पठनपाठन सुरु गरेका छन् । कतिपय विद्यालयहरूले आफ्ना बालबालिका लिन अभिभावकलाई खबरसमेत पठाएका छन् ।


Facebook Comments