वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टोली घोषणा, आदिलको पुनरागमन

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7bd6023469.jpg

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहमा हुने यस शृङ्खलाका लागि घोषित टोलीमा सन्दीप जोरा र आदिल आलमले पुनरागमन गरेका छन् । जोरा सन् २०२४ को टी–२० विश्वकपपछि पहिलोपटक टोलीमा परेका हुन् भने आदिल सन् २०२२ पछि राष्ट्रिय टोलीमा फर्किएका छन् ।

टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम पनि रहेका छन् ।

नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० शृङ्खला खेल्नेछ, जसअन्तर्गत खेलहरू आगामी असोज ११, १३ र १४ गते हुनेछन् ।


Facebook Comments