नारायणगढ–मुग्लिन सडक दुई घण्टापछि दुईतर्फी सञ्चालन

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7be96b06f0.jpg

मुग्लिन । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड दुई घण्टापछि पूर्ण रुपमा खुलेको छ । 

चितवनको इच्छाकामना–५, तुइनखोला नजिकै आज बिहान ९ बजे खसेको पहिरोले सडक एकतर्फी मात्र सञ्चालनमा थियो ।

सडक डिभिजन कार्यालय, भरतपुरको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालयले वर्षाको समयमा यस क्षेत्रमा पहिरो खस्ने जोखिम उच्च भएकाले सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।


Facebook Comments