पदभार सम्हाल्नुअघि घाइते भेट्न अस्पताल पुगे कुलमान घिसिङ

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7c1366076b.jpg

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शपथ ग्रहण गरेपछि पदभार ग्रहण नगरी सीधै शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

उनी जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई भेट्न त्यहाँ गएका हुन् । यस भेटघाटका क्रममा उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए ।

आफ्नो पहिलो राजनीतिक जिम्मेवारी अन्तर्गत कार्यभार सम्हाल्नुभन्दा अगाडि नै पीडित परिवारलाई भेट्नु उनको एक महत्त्वपूर्ण र फरक कदमका रूपमा हेरिएको छ ।


Facebook Comments