जेन–जी आन्दोलनपछि खानेपानी मन्त्रालयको कामकाज सुरु

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7c3e9d5afc.jpg

काठमाडौं । जेन–जी युवाहरुको प्रदर्शन र आगजनीका कारण बन्द रहेको खानेपानी मन्त्रालय र मातहतका सम्पूर्ण निकायको कामकाज आजदेखि नियमित रूपमा सञ्चालनमा आएको छ ।

मन्त्रालयका अनुसार आन्दोलनकारीको आगजनीबाट १४ वटा गाडी जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने ६ वटा गाडीमा तोडफोड भएको छ । 

यद्यपि, आन्दोलनले सिंहदरबारका धेरैजसो भवनमा क्षति पुर्याए पनि खानेपानी मन्त्रालयको भवन भने जोगिएको छ ।

प्रदर्शनका कारण भदौ २३ गतेदेखि २७ गतेसम्म मन्त्रालयको काम ठप्प भएको थियो । परिस्थिति सामान्य बनेसँगै आजदेखि नियमित काम सुरु गरिएको हो ।


Facebook Comments