बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c969b43b38e.jpg

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार बडादशैंको टीकाको साइत सार्वजानिक गरेको हो ।  त्यस दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ भने टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने समितिले जनाएको छ ।

यस वर्षको बडादशैं २०८२ सालको असोज ६ गतेदेखि सुरु हुने समितिले जनाएको छ । त्यस दिन बिहान ९ बजेर १३  मिनेटमा घटस्थापनाको साइत रहेको छ ।  असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुने समितिको सूचनामा उल्लेख गरिएको छ ।  

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।
असोज १४ गते मंगलबार महाष्टमी, कालरात्रि रहेको छ भने असोज १५ गते बुधवार महानवमी परको छ । 

 


Facebook Comments