राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य


काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन आज मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा भने यसअघि नै विघटन भइसकेको छ ।
Facebook Comments