मन्त्री घिसिङ र अर्यालले लिए प्रहरी अस्पतालका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cabd8165b0c.jfif

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले आन्दोलनको क्रममा घाइते प्रहरी तथा नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बुधबार नेपाल प्रहरी अस्पतालमा  पुगेर उनीहरुले उपचाररत घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 
उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ।


Facebook Comments