परिस्थितिलाई मध्यनजर गर्दै एमाले ‘पुनर्गठन’ गर्नुपर्छ : योगेश भट्टराई


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी विद्रोहपछि देशमा बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै पार्टी पुनःगठनको अभियानमा जुट्न अपिल गरेका छन् ।
भिडियो सन्देश सार्वजनिक गर्दै उनले इतिहासको संकटमा पार्टीहरू पुनर्गठित भएको सत्यलाई आत्मसमीक्षाका साथ स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।
भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्र शाहले १९ माघ २०६१ मा ‘कू’ गर्दा पनि एमालेको युवा पुस्ताले अग्रसरता लिएर पार्टी पुनर्गठनको बहस चलाएको र नवौँ महाधिवेशनले त्यसलाई स्थापित गरेको स्मरण गराएका छन् ।
कमजोरीलाई नस्वीकार्दा विपक्षीलाई लाभ पुग्ने भन्दै उनले कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउन सहयोग गर्नु रहेको लेनिनको भनाइ उद्धृत गरे ।
उनले अब आत्मभत्र्सना बन्द गरेर आत्मसमीक्षामा डटेर लाग्नुपर्ने आह्वान गरेका छन् ।
Facebook Comments