नारायणकाजी श्रेष्ठले मागे कार्यवाहक अध्यक्षको जिम्मेवारी

माओवादी केन्द्रीय समिति बैठक

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d4fe62a3f5d.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूलाई दिन औपचारिक माग गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गरेलगत्तै बोल्दै श्रेष्ठले यस्तो प्रस्ताव राखेका हुन् ।

श्रेष्ठले प्रचण्डको केन्द्रीय कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्तावमा समेत असहमति जनाउँदै महाधिवेशन चुनावपछि मात्रै गर्न उपयुक्त हुने तर्क अघि सारेका छन् ।

यसअघि आइतबार बसेको पदाधिकारी बैठकमा पनि श्रेष्ठले कार्यवाहक नेतृत्व मागेका थिए, जसमा प्रचण्डसँग असन्तुष्ट उपमहासचिव जनार्दन शर्माले समर्थन जनाएका थिए ।

श्रेष्ठको यो मागले पार्टीभित्र नेतृत्व हस्तान्तरणको विषयमा प्रचण्डसँग आन्तरिक सङ्घर्ष चर्किएको विवादलाई थप बल पुर्याएको छ ।


Facebook Comments