‘सेवामा ढिलासुस्ती र घुस मागे सिधै खबर गर्नुहोस्’


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले सम्हालेका तीन मन्त्रालय तथा मातहतका कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक दुःख दिए, ढिलासुस्ती गरे वा घुस मागे उजुरी गर्न आह्वान गरेका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका विभाग र आयोजनाहरूमा हुने गुनासाहरूको सम्बोधन गर्ने व्यवस्था मिलाइएको बताएका छन् ।
उनले सेवाग्राहीहरूसँग गरिने अपमानजनक व्यवहार, मोलमोलाहिजा र काम पन्छाउने जस्ता कार्यहरूबारे जानकारी प्राप्त भए तत्काल कारबाही गरिने प्रतिबद्धता जनाए ।
सेवाग्राहीले कुनै गुनासो वा सुझाव भएमा मन्त्रालयपिच्छे तोकिएका फरक–फरक माध्यमहरू (नम्बर) प्रयोग गरी जानकारी दिन सक्नेछन् । यसअघि अर्थ मन्त्रालयले पनि यस्तै प्रकारको गुनासो सम्बोधनको व्यवस्था मिलाएको थियो ।
Facebook Comments