विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलो पटक टी–२०आई खेल्दै नेपाल

User Image मेयरसाप डेस्क | २०८२ असोज ११ गते १९:१३
Image of https://mayorsap.com/storage/photos/10/68d75405ac4e5.png

काठमाडौं । नेपाल र टेस्ट राष्ट्र वेस्ट इन्डिजबीचको युनिटी कप अन्तरराष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ ।

नेपालले वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय फर्म्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो ।

वेस्ट इन्डिज पछिल्लो समय खराब लयमा रहेको हुँदा नेपाललाई ऐतिहासिक जित निकाल्ने अवसर पनि छ । नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल सोमबार र तेस्रो खेल बिहीबार हुनेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ सेख छन् । त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।

यता अकिल होसेनको कप्तानीमा रहेको वेष्ट इन्डिज टोलीमा भने फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकिम अगस्ट, नभिन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे र जेसन होल्डर छन् । त्यस्तै अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गरजस्ता खेलाडी रहेका छन् ।
 


Facebook Comments