शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d758c102a14.jpg

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) सम्म पनि शिक्षकहरूलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयबाट तलब निकासा गरिसकेको हुँदा तलब रोक्ने प्रअहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।   

उनले भनेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना- दसैँ/तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ।

भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।’


Facebook Comments