महोत्तरीको देउराली मावि डिजिटल विद्यालय घोषणा


महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालय लाई आइतबार एक समारोहबीच डिजिटल विद्यालय घोषणा गरिएको छ । यो घोषणासँगै विद्यालयका सबै कक्षाकोठामा डिजिटल बोर्ड जडान गरिएका छन् ।
नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले डिजिटल बोर्डको उद्घाटन गर्दै यो घोषणाले छात्रछात्राको नवीनतम् प्रविधिमा पहुँच बढाउनुका साथै मधेसमा सामुदायिक विद्यालयको पढाइ स्तरबारे बनेको भाष्यलाई चिर्दै मधेसभरिकै लागि नयाँ सन्देश प्रवाह हुने बताए ।
विद्यालयका प्रधानाध्यापक कुमार घिमिरेका अनुसार बाल कक्षादेखि कक्षा १२ सम्म अध्ययन गर्ने १,२०० विद्यार्थी र सीटीईभीटीको सम्बन्धनमा सिभिल इञ्जिनियरिङ, सर्वे इञ्जिनियरिङ र वनविज्ञान लगायत डिप्लोमा तहमा अध्ययनरत २०० विद्यार्थी गरी सबैको पठनपाठन अब डिजिटल प्रणाली बाट हुनेछ
विद्यालयमा हाल स्थायी, अस्थायी, राहत र नगर शिक्षकसमेत गरी २६ जना जनशक्ति रहेका छन् । यद्यपि, माध्यमिक तहमा विद्यार्थीको चाप बढे पनि यस तहका शिक्षक भने दुई जना मात्र रहेको प्रधानाध्यापक घिमिरेले उल्लेख गरे ।
Facebook Comments