घूसको आरोपमा सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइए

User Image मेयरसाप डेस्क | ५ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68da52f522d95.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेवाग्राहीसँग घूस माग्ने र अनावश्यक दुःख दिएको आरोपमा सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाउँदै छानबिन समिति गठन गरेको छ ।

कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा अनियमितता भइरहेको प्रमाणसहितको गुनासो भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसमक्ष पुगेपछि उनले तत्कालै दुवै जनालाई हटाउन र छानबिन गर्न निर्देशन दिएका थिए ।

मन्त्री घिसिङको निर्देशनअनुसार, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ ।

समितिलाई आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, कागजात अध्ययन गर्ने र कारबाहीका लागि सिफारिस गर्नेलगायतका कार्यदेश दिइएको छ ।


Facebook Comments