देउवाका सासुससुराको घरमा सीआईबीको छापा
मेयरसाप डेस्क
|
२०८२ असोज १३ गते १५:२०
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा (आरजु राणा देउवाका बुवाआमा) बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा छापा मारेको छ ।
आइतबार ललितपुर महानगरपालिका–४ मा पर्ने ती घरहरूमा सीआईबीले शंकास्पद नगद वा कागजात रहेको सूचनाका आधारमा छापा मारेको हो । छापामारीको समयमा देउवाका साला भूषण राणा (आरजु राणाका भाइ) घरमा थिएनन् ।
सीआईबीका अधिकारीहरूले वडाध्यक्षसहितको रोहवरमा खनतलासी गरे पनि कुनै पनि शंकास्पद वस्तु फेला नपरेको जनाएका छन् । सीआईबीका एक प्रहरी अधिकारीका अनुसार, ‘भूषण राणा घरमा हुनुहुँदैन थियो । उहाँको बुवाआमा बस्ने घरमा पनि केही भेटिएन ।’
Facebook Comments