पेरिसका अन्तिम ‘न्यूज हकर’ अली अकबरलाई फ्रान्सको नाइट उपाधि

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68de01b317c3f.jpg

एजेन्सी । फ्रान्सेली राजधानी पेरिसका अन्तिम समाचारपत्र हकरका रूपमा परिचित ७३ वर्षीय अली अकबर ले आफ्नो अद्वितीय सेवा र साहसका लागि चाँडै नै नाइटको राष्ट्रिय योग्यता उपाधि पाउने भएका छन् ।

२० वर्षको उमेरमा पाकिस्तानबाट गरिबी छल्न फ्रान्स आउनुभएका अकबरले सुरुमा नाविक र भाँडा माझ्ने काम गरेका थिए । उनी सेन्ट–जर्मन–डेस–प्रेसका क्याफे र ल्याटिन क्वार्टरका गल्लीसम्म गोल चश्मा, नीलो ज्याकेट र ग्याभ्रोचे टोपी लगाएर ‘ले मोन्ड’ जस्ता पत्रिका बेच्ने गर्छन् ।

उनले ‘फ्रान्स राम्रो हुँदै गइरहेको छ !’ वा ‘जेम्मुरले इस्लाम धर्म परिवर्तन गरे!’ जस्ता हँसिला र उदार हेडलाइनहरू चिच्याएर भीडलाई आकर्षित गरेका छन् ।

२० वर्षदेखि उनलाई चिन्नेहरू र स्थानीयहरू उहाँलाई पेरिसको ’प्रेरणा’ मान्छन्। राष्ट्रपति इमानुएल म्याक्रोनले उनको ‘फ्रान्सप्रति समर्पित सेवाको’ कदर गर्दै यो उपाधि दिने घोषणा गरेका हुन् ।

दैनिक ३ बजेदेखि राति १० बजेसम्म काम गर्ने अकबरले मासिक एक हजार युरो पेन्सन पाउँछन्। डिजिटल युगका कारण उनको बिक्री पहिलेको १५०–२०० प्रतिलिपिबाट घटेर औसत ३० प्रतिलिपिमा पुगेको छ ।

तर, उनी भन्छन्, ‘जबसम्म ऊर्जा छ, म काम गर्दै जानेछु—म मरेसम्म पनि ।’ अली अकबर आज पेरिसका अन्तिम हकर मात्र नभई सकारात्मक ऊर्जा र साहसका जीवित प्रतीक बनेका छन् ।


Facebook Comments