दशैँले राष्ट्रिय एकता र सामाजिक सहिष्णुतालाई बलियो बनाउँछ : माधव नेपाल

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68de02847d072.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बडादशैँको अवसरमा शुभकामना व्यक्त गर्दै चाडपर्वहरूले मुलुकमा राष्ट्रिय एकताको भावनालाई बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विविधताबीच एकता कायम गर्न यस्ता पर्वहरूको महत्त्वपूर्ण योगदान रहेको बताए ।

अध्यक्ष नेपालले दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न मौलिक चाडपर्व र संस्कृतिको संरक्षणमा जोड दिँदै भने, ‘दसैँले सबै जाति समुदायलाई एकापसमा भ्रातृत्व र आपसी मेलमिलाप तथा राष्ट्र प्रेमप्रति प्रोत्साहित गर्नेछ ।’

उनले असत्यमाथि सत्यको विजयको सन्देश बोकेको यस पर्वले हिमाल, पहाड र तराईका जनताबीच मित्रता र सहिष्णुता अभिवृद्धि गर्दै प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरे ।


Facebook Comments