दशैंको शुभकामना दिँदै रास्वपाले भन्यो– परम्पराको निरन्तरताका लागि अभिसप्त भयौं


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको विजयादशमी पर्व जेन–जी आन्दोलनले निम्त्याएको अपूरणीय क्षति र शोकबीच निरन्तरता दिनुपरेको बताएको छ ।
दशैँको टीकाको अवसरमा बिहीबार शुभकामना विज्ञप्ति जारी गर्दै रास्वपाले उत्सवको उत्साहभन्दा धार्मिक–सांस्कृतिक परम्पराको निरन्तरताका लागि मात्रै नेपाली समाज अभिशप्त भएको उल्लेख गरेको छ ।
कार्यवाहक सभापति डिपी अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन्निकट बितेको शोक, विध्वंश र त्रासबीच पनि हामीले सदीयौंदेखिको परम्परा धानेर नेपाली समाजको विविधतालाई फेरि एकपटक एकताको सुत्रमा बाँधेका छौं ।’
रास्वपाले विजयादशमीले असत्यमाथि सत्यको विजयको सन्देश दिने बताउँदै देशमा सुशासन, समृद्धि र स्थायित्व कायम गर्न तथा नयाँ नेपाल निर्माणको अभियानमा सार्थक सहकार्यका लागि सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना गरेको छ ।
Facebook Comments