झापामा यात्रुवाहक बस दु*र्घटना : दजनौं घाइते, उद्धार कार्य जारी

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68de186734be6.png

काठमाडौं । झापाको बिर्तामोड–६ बुट्टावारीस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा दर्जनौँ यात्रु घाइते भएका छन् ।

पश्चिमतर्फबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख ४४५९ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो ।

घटनास्थलमा खटिएको ट्राफिक प्रहरीले घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालतर्फ पठाएको जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेहरूको यकिन सङ्ख्या आउन भने बाँकी रहेको छ ।


Facebook Comments