बेलायतमा कारको ठक्करबाट दुई नेपालीको मृ*त्यु


एजेन्सी । बेलायतको अल्डरसटस्थित फ्लीट रोडमा बुधबार बिहान कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको घटनास्थलमै निधन भएको छ ।
ह्याम्पसायर प्रहरीका अनुसार, बिहान करिब ६ः३० बजे निलो रङको स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपालीको ज्यान गएको हो ।
दशैँको बेला भएको यस दुःखद घटनाले बेलायतस्थित नेपाली समुदाय स्तब्ध भएको छ। अल्डरसट बेलायतमा नेपाली जनसंख्याको सबैभन्दा ठूलो केन्द्र हो ।
प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएको आरोपमा वकिङहाम निवासी ६६ वर्षीय कार चालक पुरुषलाई पक्राउ गरेको छ ।
ह्याम्पसायर प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाउँदै प्रत्यक्षदर्शी तथा सीसीटीभी वा ड्यासक्याम फुटेज उपलब्ध गराउन विशेष अपिल गरेको छ ।
यसैगरी, तमुधिं यूकेका महासचिव डा. विशाल गुरुङले घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरी अनुसन्धानमा सघाउन स्थानीय समुदायलाई अनुरोध गरेका छन् ।
Facebook Comments